लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी

यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ ।

तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् ।

बैङ्ककको कङ्क्रिटले फैलिएको क्षेत्रमा तापक्रम बुधबार ४० दशमलव एक डिग्री सेल्सियससम्म पुगेको थियो । बिहीबार पनि यस्तै स्तरको पूर्वानुमान लगाइएको थियो ।

यस साता दक्षिण र दक्षिणपूर्वी एसियाका केही भागमा असाधारण तातो मौसमको लहर चलिरहेको छ । यसका कारण फिलिपिन्सभर विद्यालय बन्द गर्नुपर्यो भने बङ्गलादेशमा उपासकहरूले वर्षाका लागि प्रार्थना गर्नुपरेको छ ।

तापक्रम सूचक ९आद्र्रता, हावाको गति र अन्य कारकहरूलाई ध्यानमा राख्दै महसुस गरिने तापक्रमको मापन० बैङ्ककमा ‘अत्यन्त खतरनाक’ स्तरमा रहेको सहरको पर्यावरण विभागले चेतावनी दिएको छ ।

मुलुकको ग्रामीण उत्तरपूर्वमा रहेको उडोन थानी प्रान्तका अधिकारीहरूले पनि बिहीबार तीव्र तापक्रमको चेतावनी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार राति जनवरी १ देखि अप्रिल १७ को बीच लुबाट ३० जनाको मृत्यु भएको जानकारी दिएको छ । लुबाट सन् २०२३ मा ३७ जनाको मृत्यु भएको थियो ।

एजेन्सी

Comments

Back to top