कुमारी बैंकले सुरु गर्‍यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

कुमारी बैंकले नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ ।

ग्लोबल मनी वीक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो जसले युवाहरुलाई सानै उमेर देखी आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीहरुको पहिचान र सो समाधानका उपायहरु सिकाउने गर्दछ भने कुमारी बैंक पनि यस अभियानमा जोडिएको छ ।

प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्दछ । यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधी र रकम मात्र राखेर यसबाट निश्चित भविस्यमा जम्मा हुन सक्ने बचत, सो बचत बाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरु अनुमान गर्न सक्दछन् ।

Comments

Back to top