इलाममा कांग्रेसको अग्रता कायमै, मतान्तर घटाउँदै एमाले

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी रहेको छ । सुस्त गतिमा गौतमबुद्ध सभाहल (सिटी हल) इलाम नगरपालिका ७ मा भइरहेको मतगणनामा फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २ र ३ को गणना सकिएको छ । जसमा नेपाली कांग्रेसको अग्रता कायमै रहे पनि दोस्रो स्थानको एमालेले अन्तर घटाउँदै लगेको छ ।

कांग्रेसका डम्बरबहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका सुहाङ नेम्वाङले १६०१ मत ल्याएका छन् । मतान्तर मात्र ४२ मतको रहेको छ। 

त्यस्तै तेस्रो स्थानका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४३७ तथा रास्वपाका मिलन लिम्बूले ३०५ मत ल्याएका छन् । 

एजेन्सी
 

Comments

Back to top