१२ बीमा कम्पनीहरुले घोषणा गरे लाभांश

आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म १२ बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये ७ वटा निर्जीवन बीमा रहेका छन् भने ५ वटा जीवन बीमा कम्पनी रहेका छन् ।

हालसम्म सूर्यज्योति लाइफ, सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ इन्स्योरेन्स, एशिन लाइफ, सगरमाथा लुम्बिनी, प्रभु, नेपाल इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

एजेन्सी

Comments

Back to top