एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बने खनिया

अर्जुनराज खनिया एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।

यसअघि सोही बैंकको सहायक महाप्रबन्धक पदमा कार्यरत खनियालाई बढुवा गरी बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।

खनियासँग बैंकिङ क्षेत्रमा काम गरेको दुई दशकभन्दा लामो अनुभव छ । नेपाल बैंक लिमिटेडबाट वाणिज्य बैंकको यात्रा सुरु गरेका खनिया सन् २०१० मा तत्कालीन बैंक अफ एसिया नेपालको शाखा प्रमुखका रूपमा नियुक्त भएका थिए ।

खनियाले त्यसपछि एनआईसी एसिया बैंकका विभिन्न विभागहरूमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनी हाल बैंकको प्रमुख सूचना अधिकारीका रूपमा कार्यरत छन् ।

एजेन्सी

Comments

Back to top