रूसलाई सहयोग गरे चीनलाई कारबाही गर्ने अमेरिकाको चेतावनी

युक्रेनमाथिको आक्रमणमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यदि चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामान रूसलाई उपलब्ध गराउन नरोकेमा कडा कारबाही गर्ने बताएका हुन्।

शीतयुद्धपछि युरोपको सुरक्षा सबैभन्दा ठूलो खतरामा परेको र त्यसको विरूद्धमा चीनले काम गरिरहेको ब्लिन्केनले स्पष्ट रूपमा चिनियाँ विदेशमन्त्री सँगको कुराकानीमा राखेका थिए ।

तर, ब्लिन्केनले अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भन्नेबारे केही भनेनन् ।

ब्लिन्केनले अमेरिका केही विषयमा अगाडि बढेको संकेत गरेका छन् ।

ब्लिन्केन २४ देखि २६ अप्रिलसम्म तीन दिने चीन भ्रमणमा आएका थिए ।

एजेन्सी

Comments

Back to top