सेरेसको नयाँ स्टेट अफ आर्ट शोरूम नक्सालमा संचालनमा

नेपालका लागि सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरूम संचालनमा ल्याएको छ।

सेरेसका डिपुटी जनरल म्यानेजर जिया झुरू, एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सि लगायतको उपस्थितिमा बिहीबार एक समारोहबीच नयाँ शोरूम उद्घाटन भएको हो।

नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ।

ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो शोरूममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ। ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराएर नेपालको हरित यात्रालाई गति कम्पनीले दाबी गरेको छ।

सेरेसले यसअघि काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौं बाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ।

निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, , चितवन र भक्तपुरमा पनि सोरुम खोल्ने कम्पनीले जनाएको छ।

Comments

Back to top