सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

आफूले इच्छाएको फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएको सानिमा बैंकले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन् । यसका लागि ग्राहक आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ ।

यो योजना फागुन २५ गते देखि लागू हुनेछ । ग्राहकले महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५ गतेसम्म तथा घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५ गतेसम्म आवेदन दिनुपर्नेछ ।

कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ्ग एपमार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्नेछन् ।

Comments

Back to top