कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत् अनलाईन खाता खोल्न सकिने

 कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण (KYC) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ ।

उक्त मोड्युल सार्वजनिक भएसंगै कामना सेवाविकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन ।

अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघि नै गरिएको भएतापनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो ।

उक्त प्रविधिलाई थप परिष्कृत बनाउदै ग्राहकहरुले अनलाईन खाता खोल्ने क्रममा बैंक प्रतिनिधीसँग आफुलाई पायक पर्ने समय तय गरेर वा अनलाईन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्ने सकिने छ ।

यो सुविधाप्रयोग गर्न बैंकको डिजिटल प्लाट फर्म www.digiaccount.kamanasewabank.com मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ ।

बैंकले यो व्यवस्था ल्याए संगै स्वदेश तथा विदेशमा रहनु भएका महानुभावहरुले आफु अनुकुल विभिन्न प्रकारका खाताखोल्न सकिने भएको छ ।

बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले अनलाईन खाताखोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ ।

उक्त भिडियो बैंकको वेभसाईट तथा अन्य सामाजिक संजालमा राखिएको बैंकले जनाएको छ ।

Comments

Back to top