कुमारी बैंकले ल्यायो ‘कुमारी गज्जब बचत’ खाता

कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

न्यूनतम मौज्दात रु. १,००० रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१५ प्रदान गर्नुका साथै रु. २० हजार सम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराउने छ ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालले रु. २०,०००/– सम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउदै जाने विश्वास लिएको छ ।

दीगो आर्थिक विकासकालागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानव जिवनको महत्वपूर्ण दुई साधनका रुपमा विकसित हुँदै आएका छन् ।

बैंकले यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ।

न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराएको ‘कुमारी गज्जब बचत खाता’ नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ ।

 

Comments

Back to top