बदाम र गुडले महिनावारीको दुखाईबाट दिन्छ राहत

गुड र बदाम साथमा खानु पनि स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसको सेवनले शरीरलाई स्वस्थ बनाउन सहयोग गर्छ ।

महिनावारीको क्रममा थोरै बदामका साथमा एउटा टुक्रा गुड खानुहुन्छ भने यसले पेट दुख्ने तथा ऐंठन हुने समस्याबाट राहत पाउनुहुन्छ ।

कहिलेकाँही जाडोको मौसममा वा महिनावारीका क्रममा एसिडिटीको समस्या देखिन्छ । यस्तोमा गुड र बदाम खाँदा कब्जियत, अपच तथा एसिडिटी जस्ता समस्याबाट राहत पाइन्छ ।

गुड र बदाम एकसाथ सेवन गर्नाले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । साथमा यी दुवैमा भरपूर मात्रामा एन्टीअक्सीडेन्ट पाइन्छ ।

तपाईंको शरीरमा रगतको कमी छ भने पनि यी दुवै साथमा खान सकिन्छ । यो राम्रो आइरनको स्रोत हो जसले शरीरमा रगतको कमी हुन दिँदैन ।

यी दुवैमा क्याल्सियम पनि हुने भएकाले हड्डीका लागि पनि फाइदाजनक हुन्छ । यसको नियमित सेवनले हड्डी बलियो हुनुका साथै स्वस्थ हुन्छ ।

शरीरसँग जोडिएका समस्याहरुबाट लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु पर्दछ । यस्तोमा गुड र बदामको सेवनले इम्यूनिटी बढाउन सकिन्छ ।

जाडोको मौसममा चिसोबाट बच्नका लागि पनि तपाईं गुड र बदामको सेवन गर्न सक्नुहुन्छ । यो तातो हुने भएकाले शरीरमा गर्मी ल्याउँछ र न्यानो बनाउँछ ।

Comments

Back to top