यी ९ संकेतबाट थाहा पाउनुहोस् बच्चाको आँखा कमजोर भएको!

बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन्। किनभने उसले थाहै पाउँदैन। तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ। कसरी थाहा पाउने? थाहा पाउने केही लक्षण यसप्रकार छन् :

आँखा मिच्ने
निदाउने बेलामा आँखा मिच्नु सामान्य कुरा हो। तर, निन्द्रा नलाग्दा पनि बच्चाले  बारम्बार आँखा मिच्न थाल्यो भने निश्चय नै आँखा कमजोर भएको लक्षण हो।

टाउको दुख्यो भन्नु
साँझपख सधैं टाउको दुख्यो भन्नु र आँखा रातो हुनु पनि आँखा कमजोर भएको लक्षण हो।

एउटा आँखा हेर्ने अर्को चिम्लने
तपाईंको बच्चाले सधैं एउटा आँखा बन्द गर्छ र अर्को आँखाले पढ्ने वा टेलिभिजन हेर्छ भने उसको आँखामा समस्या छ भन्ने बुझ्नुपर्छ।

चम्किलो प्रकाश मन नपराउनु
यदि कुनै बच्चाको दृष्टिमा समस्या छ भने चम्किलो प्रकाशलाई मन पराउँदैन। न्यूनचम्किलो क्षेत्रमा पुग्दा तपाईंको बच्चा रमाउँछ  ।

आधा आँखा बन्द गर्नु
प्राय बच्चाले झगडा गर्दा आधा आँखाले मात्र हेर्छन्। तर, यदि टेलिभिजन हेर्दा वा पढ्दा तपाईंको बच्चाले आधा आँखाले मात्र हेर्छ भने जान्नुुस् आँखाको उपचार गराउनु पर्ने भो।

असामान्य रुपमा टाउको बंग्याउनु
बच्चाले एकातिर मात्र टाउको वंग्याएर हेरिरहेको त छैन ? बच्चाले बारम्बार यस्तै व्यवहार देखाउँछ भने अभिभावकले आँखा कमजोर भएको थाहा पाउनुपर्छ।

कुनै बस्तुलाई अवलोकन गर्न धेरै नजिक पुग्नु
आँखाको समस्या भएका अधिकांश बालबालिका टेलिभिजन हेर्दा निकै नजिक गएर हेर्ने वा कितावको पाना पनिआँखा नजिकै लैजान्छन्। उनीहरुले उचित रुपमा नदेख्ने भएकोले आँखा नजिकै लैजाने भएका हुन्।

आँखाको गेडीको गतिविधि कमजोर
यदि बच्चाको आँखा कमजोर छ भने उसले आँखाको गेडी हल्लाउँछ र बच्चा पनि कुनै एउटा निश्चत ठाँउमा बस्न मान्दैन।

आँखा रातो
बच्चाको आँखा बारम्बार रातो भएमा, आँखाको कोष बाहिरै देखिएमा वा हेदा आँखा तन्काएमा बच्चाको आँखा कमजोर छ वा चस्माको आवश्यकता छ भन्ने बुझ्नुपर्छ।

एजेन्सी

Comments

Back to top