अशोक राई जसपालाई मान्यता, निर्वाचन आयोगमा दर्ता

निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपालाई नयाँ दलको मान्यता दिएको छ । अशोक राईसहित  ७ जना सांसद र ३० जना केन्द्रीय सदस्यले हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

आयोगले जनता समाजवादी पार्टी जसपा नेपालबाट अलग्गिएर राई नेतृत्वमा जनता समाजवादी पार्टी जसपालाई दर्ता गरेको हो ।

आयोगले दल दर्ता सम्बन्धी अध्यादेश खारेज भएको भए पनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्ता सम्बन्धी नियमावलीमा टेकेर दल दर्ता गरेको बुझिएको छ ।

नियमावली अनुसार संघीय संसदमा रहेका दलका सांसदको २० प्रतिशत र केन्द्रीय समितिको २० प्रतिशतले हस्ताक्षर गरेर दल विभाजन तथा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएमा दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।

एजेन्सी

Comments

Back to top