कुन कुन रोगको लागि गाँजर लाभदायक हुन्छ ?

दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ। औषधीय गुणहरूले भरिएको गाँजर जाडोमा दिनदिनै सेवन गर्दा शरीर तातो रहन्छ ।

आँखालाई स्वास्थ्य तथा गम्भीर क्रोनिक बिरामीबाट बचाउनका लागि गाजर लाभदायक हुन्छ । गाजरको रसले क्यारोटिनाइड पिगमेन्ट ल्यूटिन र जेकस्यान्थिन पनि पाइन्छ । जसले शरीरमा एन्टीअक्सिडेन्टका रूपमा काम गर्छ । एन्टीअक्सिडेन्टको सेवन थुप्रै गम्भीर रोगलाई कम गर्न सहयोग गर्छ । दुई सय ग्राम गाजरको जुसले दैनिक भिटामिन ए को आवश्यकता पुरा गर्छ । आँखालाई स्वस्थ राख्नका लागि भिटामिन ए निकै आवश्यक मानिन्छ । गाजरको रसले मानिसको इम्युन सिस्टमलाई पनि बुस्ट गर्छ। यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ 

यसमा पाइने भिटामिन ए र सी दुवैले एन्टीअक्सिडेन्टका रूपमा काम गर्छन् । जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन् । यसका साथै यसमा भिटामिन–बी ६ पनि पाइन्छ । यसले पनि शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। गाँजरको सेवनले रक्तकोशिकाको संख्यामा पनि वृद्धि हुन्छ। गाजरमा एन्टीइन्फ्लामेटरी गुण पनि पाइन्छ । जो मधुमेह रोगीका लागि लाभदायक हुन्छ ।

कुन कुन रोगको लागि गाँजर लाभदायक हुन्छ ?

  • मधुमेह
  • पेटको समस्या (ग्यास, अल्सर, अपच र पेट गडबडी)
  • कोलेस्ट्रोल
  • क्यान्सर 
  • मुटु रोगी 
  • रतन्धो

एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ ।गाजरको रसमा अमलाको रस र वीरेनून मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ ।चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन ।

गाँजर खाँदा हुने फाइदाहरु 

  • गाँजरमा भिटामिन ए भरपूर मात्रा हुन्छ, जसले आँखाको ज्योति बढाउन मद्दत गर्दछ ।
  • गाँजर सेवनबाट रतन्धो टाढा भाग्छ ।
  • मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त गाजर खाँदा लाभदायक हुन्छ ।
  • गाँजरले शरीरमा रगतको उत्पादन बढाउँछ। यसमा भिटामिन ए, बी, सी, डी, इ र के पाइन्छ ।
  • काँचो गाँजर खानाले रजस्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ ।
  • गाँजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम गर्दछ ।
  • गाँजरको नियमित सेवनले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।
  • गाजर खाँदा दिमाग तीखो हुन्छ ।

 

Comments

Back to top