खाली पेट सुकमेल खाँदा टाढा रहन्छन् यी रोग

हरियो सुकमेल स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

बिहान खालीपेट एउटा सुकमेल खाँदा पनि धेरै रोग टाढा भगाउन सकिन्छ । यसका फाइदा जान्नुहोस् ।

  • सुकमेलमा फाइबर, भिटामिन सी, सोडियमको राम्रो स्रोत मानिन्छ । यसबाहेक यसमा आइरन, पोटाशियम जस्ता पोषक तत्व पनि पाइन्छ ।
  • खाली पेट एउटा सुकमेल खानाले कब्जियत, अपच र ग्यासको समस्या कम हुन्छ । साथमा यो खानाले पाचन प्रणाली पनि राम्रो हुन्छ ।
  • यदि तपाईंलाई धेरै भोक लाग्दैन भने बिहान उठेर तातो पानीसँग एउटा सुकमेल खानुहोस् । यसले भोक बढाउनुका साथै शरीरको कमजोरी पनि भाग्छ ।
  • खाली पेट सुकमेल खानाले रक्तसञ्चार पनि राम्रो हुन्छ जसले गर्दा रक्तचाप पनि सामान्य हुन्छ । यसका लागि सुकमेललाई तातो पानीमा उमालेर पिउनुहोस् ।
  • खाली पेट सुकमेल खानाले कपाल बलियो हुन्छ । सुकमेलमा पाइने पोषक तत्वले कपाल झर्न रोक्नुका साथै कपाल बाक्लो र कालो पनि बनाउँछ ।
  • पेट ठिक नहुँदा मुखमा घाउ हुन्छन् । यस्तो समस्याबाट छुट्कारा पाउनका लागि पनि खाली पेट सुकमेल सेवन गर्नुहोस् ।

Comments

Back to top