विश्वको सबैभन्दा सानो टिभी सेट!

निकै सानो विद्युतीय उपकरण बनाउन माहिर टाइनीसर्किट्स कम्पनीले विश्वको सबैभन्दा सानो टेलिभिजन सेट सार्वजनिक गरेको छ ।

आधुनिक टिभीको कुरा गर्दा यसमा ‘जति ठूलो त्यति राम्रो’ भन्ने अवधारणा रहेको हुन्छ । तर एउटा कम्पनीले ट्रेन्ड विपरित जाँदा पनि सफल हुन सकिन्छ है भनेर प्रमाणित गर्न खोजिरहेको जस्तो देखिनछ । ओपन सोर्स हार्डवेयर यो कम्पनीले विश्वको सबैभन्दा सानो टेलिभिजन सेट – द टाइनीटीभी टु र टाइजीटीभी मिनी बनाएको छ ।

पुरानो ढाँचाको जस्तो देखिने यो टिभी  कुनै स्ट्याम्पजस्तो देखिएता पनि यसले अन्य साधारण टिभीले झैँ काम गर्छ । यसमा च्यानल फेर्न सकिन्छ, आवाज ठूलो–सानो पार्न सकिन्छ, रिमोट कन्ट्रोलको नियन्त्रण, ८ जीबी स्टोरेज र भिडियो अपलोड गर्नका लागि कम्प्युटरसँग जोड्न सकिनेछ ।

अडिटी सेन्ट्रलका अनुसार टाइनीटीभी टुको १.० इन्च (२६ एमएम) डिस्प्ले छ भने यो अगाडि फर्किएको ०.६ ×०.४ इन्चको स्पिकरमाथि बसेको छ । योभन्दा पनि सानो टाइनीटीभी मिनीको ०.६ इन्च (१५ एमएम) स्क्रिन छ । टाइनीटीभी टुमा आइपीएस टीएफटी डिस्प्ले छ भने टाइनीटीभी मिनीमा ब्राइट ओलेड डिस्प्ले छ । यी दुबैको ८ जीबी इन्टरनल स्टोरेज छ । यसमा पहिले नै धेरै भिडियो अपलोड गरिएका हुन्छन् तथापि नयाँ भिडियो अपलोड गर्नका लागि कम्प्युटरमा कनेक्ट पनि गर्न सकिन्छ ।

एजेन्सी

 

Comments

Back to top