हार्वर्ड विद्यालयबाट निकालिएका वारेन बफेट कसरी भए शेयरबजारका बादशाह?

८७ अर्ब डलर अर्थात ९७ खर्ब ३३ अर्ब रुपैयाँका मालिक वारेन बफेट विश्वकै तेस्रो धनी व्यक्ती हुन । हार्वर्ड विजनेस स्कुलबाट निकालिएपछी उनी कोलम्वीया गए जहाँ उनलाई उनका गुरु वेन्जामीन ग्राहमले मेन्टरको भुमिका निभाए । उनले सन १९६९ मा बर्कसायर कम्पनी किने जसलाई उनले पावरहाउस होल्डीङ कम्पनीको रुपमा विकास गरे ।
 

 सन् १९३० सुन्नेबित्तकै विश्वको अर्थतन्त्रबारे सामान्य ज्ञान राख्ने धेरैको आङ जिरिङ हुन्छ । यो वर्षलाई महामन्दीको वर्ष मानिन्छ । यही महामन्दीमा धर्ती टेकेका बफेटले त्यसपछिका वर्षमा धेरैवटा मन्दी आए पनि त्यसको सिकार बन्नु परेन । बफेटको जीवनमा समृद्धि मात्रै आए । यो लैख्दै गर्दा ९० वर्षीय बफेटको सम्पत्ति ८७.४४ अर्ब डलर पुगेको छ । 

सन् १९९३ र सन् २००८ को फोर्ब्स पत्रिकाको धनीको सूचीमा उनी एक नम्बरमा परे । शेयरमा लगानी प्रमुख व्यवसाय बनाएका बफेटले ११ वर्षको उमेरमा पहिलो पटक शेयर  किनेका थिए । प्रतिशेयर ३८ डलरका दरले ४ कित्ता अग्राधिकार शेयर किनेका बफेटले एक सेयरमा दुई डलर नाफा लिएर ४० डलर पुग्दा बिक्री गरे । पहिलो पटक किनेको शेयर नाफामा बिक्री गरे पनि उनले नाफाको ठूलो अवसर गुमाउनुपरेको थियो । शेयर बिक्री गरेपछि उक्त कम्पनीको शेयरको मूल्य बढेर २ सय डलरसम्म पुगेको थियो ।

आठ वर्षको उमेरमा बफेटले आफ्ना बुबाका शेयरसम्बन्धी किताब पढेका थिए । बुबा शेयर ब्रोकर थिए भने हजुरबुबा किराना पसले थिए । उनका सुरुका वर्षहरू उद्यमी परिवारमा बित्यो । सानैबाट लगानी र व्यवस्थापनमा सफल बफेट कलेज जान चाहँदैनथे । उनले आफ्ना बुबालाई भनेका पनि थिए, ‘म कलेज नगई सिधै व्यवसायमा प्रवेश गर्न चाहन्छु ।’ तर, उनलाई कलेज जान बाध्य पारियो । कलेजमा उनले बेन्जामिन गह्रामले लेखेको ‘द इन्टेलिजेन्ट इन्भेस्टरसर’ नामक किताब पढेका थिए । त्यही किताब लगानीमा आफू सफल हुनुको ८५ प्रतिशत आधार मान्छन् उनी । भन्छन्, ‘१५ प्रतिशतल फिलिप फिसर हुँ’ । यही कारण पनि फिलिप फिसरको कमन स्टक अनकमन प्रोफिट पुस्तक निकै चर्चित छ । 

अर्थशास्त्रमा स्नातकोत्तर गरेका बफेटले पढाइ सकेसँगै बेन्जामिन गह्रामको कम्पनीमा दुई वर्ष काम गर्ने अवसर पाएाका थिए । यो अवधि उनका लागि शेयर बजार र लगानी तरिका सिक्नका लागि निकै उपलब्धिमूलक र साथिभाइको लगानीमा आफ्नै घरबाट कम्पनी सुरु गरे । जुन बेला उनी २५ वर्षका थिए । त्यस समय १ लाख ५ हजार डलरबाट सुरु गरेको उक्त कम्पनीमा  १३ वर्षसम्म २९.५ प्रतिशतका दरले चक्रवृत्ति दरमा नाफा कमाए । उनको सुरुको उद्देश्य बजार परिसूचकको वृद्धि भन्दा बढी दरले नाफा कमाउनु थियो । जुन उद्देश्य पूरा गरेर छाडे र समग्र बजार घट्दा पनि आफ्नो लगानीमा नाफा बढाउन सफल भए । त्यसपछि बफेटसँग साझेदारीमा लगानी गर्न सयौँ प्रस्ताव आउन थाले । 

उनलाई हार्वर्ड विजनेस स्कुलबाट निकालिएपछि उनी ‘द ईन्टेलिजेन्ट ईन्भेस्टर’ का लेखक वेन्जामीन गहमसँग काम गर्न चाहान्थे तर उनी यहुदी नभएकाले वेन्जामीले उनलाई अस्वीकार गरेका थिए । उनले पब्लीक स्पीकीङ सिक्नका लागि १ सय डलर खर्च गरेका थिए । जसले उनलाई २१ बर्षको उमेरमा उनकी हालकी पत्नीलाई प्रश्ताव राख्न सहयोग पुगेको थियो।

सन् १९६५ मा बफेटले साझेदारी कम्पनी बन्द गर्ने निर्णय गरे । त्यसबेला कम्पनीको कुल सम्पत्ति २६ मिलियन डलर पुगेको थियो । यही व्यवसायबाट कमाएको नाफाबाट नै बफेटले वर्कसायर हाथवेको शेयरमा थप लगानी गरेका थिए । 

 बफेटले हाथवे आफ्नो नियन्त्रणमा लिँदा कम्पनीको नेटवर्थ २५ मिलियन डलर थियो । ४० वर्षपछि उक्त कम्पनीको नेटवर्थ ६९ विलियन डलर पुग्यो । यो वार्षिक १५ प्रतिशतभन्दा बढीको वृद्धि थियो । जुन अन्य अमेरिकी कम्पनीको औसत वृद्धिभन्दा बढी हो । यो समयमा हाथवे कम्पनीको प्रतिशेयर नेटवर्थ २२.२ प्रतिशतको वार्षिक वृद्धिसँगै ९२ डलरबाट बढेर ५०,४९८ डलर पुगेको थियो । 

उनले अमेरिकाको कोकाकोला, वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्सप्रेस, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फुड्स जस्ता ठूला धेरै कम्पनीमा लगानी गरेका छन् ।

विश्वको सबैभन्दा सफल लगानीकर्ताको रूपमा सम्मानित उनले आफ्नो अर्बौं सम्पत्ति दानमा समेत दिएका छन् ।

Comments

Back to top