लन्ड्रीमा जुत्ता बनाएर सुरु भएको पुमा यसरी बन्यो विश्वप्रसिद्ध!

खेलकुद उद्योगमा पुमा एक प्रसिद्ध नाम हो। पुमाले विश्वभरको स्पोर्टसवेयर व्यवसायको एक तिहाइ उत्पादन गर्दछ। परिवर्तनशील पुस्ता अनुसार उत्पादनमा गरिएका परिवर्तनका कारण यो युवा वर्गमाझ सबैभन्दा लोकप्रिय ब्राण्ड बनेको छ।

हाल पुमाले जुत्ता, कपडा र सामान सहित धेरै चीजहरू उत्पादन गर्दछ। दशकौंदेखि ब्रान्डले आफ्नो पहिचान कायम राखेको छ।

पुमाको सुरुवात रुडोल्फ डस्लरले सन् १९४८ मा जर्मनीमा गरेका थिए। २६ मार्च १८९८ मा जर्मनीमा जन्मेका रुडोल्फ पेशाले एक व्यापारी थिए र नाजी पार्टीका सदस्य थिए। आफ्नो भाइ एडोल्फसँग मिलेर उनले घरमै जुत्ताको व्यवसाय सुरु गरेका थिए।

दुवै दाजुभाइले आमाको लन्ड्री अर्थात लुगा धुने ठाउँबाट जुत्ताको व्यवसाय सुरु गरेका थिए। व्यवसायको शुरुवाती दिनमा चौबीसै घण्टा बिजुली उपलब्ध थिएन, त्यसैले यस्तो मेसिन प्रयोग गरियो जसमा पेडल चलाएर बिजुली उत्पादन गर्न सकिन्छ। कम्पनीले एउटा प्रयोग गरी स्पाइक जुत्ता बनाउन थाल्यो। यी जुत्ता उनीहरुको कम्पनीको सबैभन्दा पृथक जुत्ता थिए। स्पाइक जुत्ताहरु धेरै लोकप्रिय भए। दुवै दाजुभाइले मिकर डस्लर ब्रदर्स जुत्ता कारखाना सुरु गरे। एडोल्फ जुत्ता उत्पादनको कार्य सम्हाल्न थाले र रुडोल्फले मार्केटिङ गर्थे।

कम्पनीका उत्पादनहरूको ब्रान्डिङका लागि चितुवालाई मानिसहरूसँग देखाइएको थियो। चितुवा सधैं सक्रिय रहने र हावामा २० फिट उचाइसम्म हाम फाल्न सक्ने बताइएको छ। यसरी आफना जुत्तालाई खेलकुद उद्योगसँग जोड्दै चितुवालाई लोगोको हिस्सा बनाइएको थियो।

हाल कम्पनी लाइफस्टाइल फेसनमा केन्द्रित छ। यसका साथै नयाँ प्रविधिबाट उत्पादनहरु डिजाइन गरिरहेको छ। केही समयअघि कम्पनीले उत्पादनको तयारीमा थ्रीडी प्रिन्टिङ र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्न थालेको थियो।

Comments

Back to top