नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

नेपाल धितोपत्र बोर्डमा रमेशकुमार हमाल अध्यक्षमा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी इन्भेष्टमेन्ट म्यानेजमेन्ट सम्बन्धि विज्ञ व्यक्ति हुन् । विगत साढे चार महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो ।

साेमबार बसेकाे सिफारिस समितिकाे बैठकले कृष्णराज पाेखरेल, डा. गाेपाल भट्ट र रमेशकुमार हमालकाे नाम सिफारिस गरेकाे थियो जसमध्ये मन्त्रिपरिषदले हमाललाई नियुक्त गरेको हो ।

Comments

Back to top