फ्रान्सद्वारा रुसको २२ अर्ब ८० करोड युरो कब्जा

फ्रान्सले करिब २५ अर्ब डलरभन्दा धेरै मूल्यको रुसी सम्पत्ति कब्जा गरेको छ । फ्रान्सको अर्थमन्त्रालयका अनुसार रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता उक्त रुसी सम्पत्ति जफत गरिएको हो ।

मन्त्रालयका अनुसार २२ अर्ब ७० करोड युरो अर्थात् २५ अर्ब ६० करोड अमेरिकी डलरबराबरको सम्पत्तिमध्ये अधिकांश सम्पत्ति रुसी केन्द्रीय बैंकको छ ।रुसी केन्द्रीय बैंकसँग सम्बन्धित २२ अर्ब ८० करोड युरो बराबरको सम्पत्ति कब्जा गरिएको छ ।

त्यस्तै ३३ वटा रियल स्टेट सम्पत्ति जफत गरिएको छ, जसको मूल्य करिब ५७ करोड ३६ लाख युरो हुन्छ । त्यस्तै फ्रान्सले तीनवटा नौका, ६ वटा हेलिकोप्टर पनि कब्जा गरेको जनाएको छ । युक्रेनमा आक्रमण गरेपछि ईयूका मुलुकले रुसमाथि कडा प्रतिबन्ध पनि लगाएका छन् ।

Comments

Back to top