बुधबार १९.८४ अंकले घटेर ०.७२ % गिरावटको साथ नेप्से २७३४.४४ पुगेको छ। कारोबार भएका २३१ कम्पनीमध्ये ३२ कम्पनी उकालो लागेका छन्, १५४ कम्पनी ओरालो लागेका छन् र ५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका तेह्र उप-समुहमध्ये २ उप-समुहको सेयर मूल्य उकालो लागेका छन् भने बाँकी ११ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् ।
बजार पूँजीकरण घटेर रु ३८ खर्ब ७३ अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
हिजो भन्दा बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २६७ ) जसले बजारमा भोलाटाइलिटी आज घटेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड (२६९१ )भन्दा माथि क्लोज भएको छ जसले बजारको दिशा निश्चित नभएको जनाउँछ |
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन नजिक आएको देखिन्छ। हिस्टोग्राम हिजोको -२५ .३२ भन्दा केहि बढेर आज -२४.०९ भएको छ। एमएसिडी लाइन र सिगनल दुवै तलतिर फर्कन लागेको छ जसले बजारमा सेलिङ्ग बढी भएको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने हिजोभन्दा आज +१४ डिएमआई लाइन बढेको देखाएको छ साथै -१४ डिएमआई लाइन भने तलतिर नै फर्किएको देखिएको छ र सिग्नल लाइन भने आज माथितिर फर्किन लागेको देखिएको छ। +१४ डिएआई र -१४ डिएमआई लाईनले एक अर्कालाई क्रस गरेर डाइभर्ज गएको देखिन्छ र भोलि यदि सिग्नल लाइन पनि माथितिर लाग्न थाल्यो भने बुलिस यात्राको संकेत हुनेछ।
४. क्यान्डलस्टिक
आज नप्सेले डोजीजस्तै क्यान्डल बनाएको छ जसले बजारको कुनै निश्चित दिशा निर्धारण नभएको जनाउँछ।
५. क्युमुलेटिभ एडी लाइन
क्युमुलेटिभ एडी लाइन -२१९५ देखि घटेर -२३१७ मा आएको छ। नेप्सेको कुल भोल्युम ५०३९८०४ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम (९१६०८४१ ) को ५५ प्रतिशत देखिएको छ।
नेप्से आज लोवर ब्याण्ड २६९१ भन्दा माथि क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि फर्केको छ र सिग्नल लाईन पनि जिरो लाइन नजिक आएको छ भने हिस्टोग्राम -२४.०९ मा रहेको छ । एमएसिडी लाइन र सिग्नल लाईन तल फर्किन लागेको देखिन्छ जसले बजारमा बिक्रिकर्ता हाबी भएको जनाउँदछ।
-१४ डिएमआई लाइन बढेको छ भने +१४ डिएमआई लाईन र एडिएक्स लाइन दुवै घटेको छ जसले बजारमा सेलिङ मोमेन्टम बढेको सङ्केत गर्छ। आरएसआइ आज ४६.६ बाट घटेर ४४.७ मा आएको छ जसले आरएसआइको मोमेन्टम केहि घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २७०० को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको अवरोध २८०० को एरिया रहेको देखिन्छ ।
Comments