२६०० को सपोर्ट टेकेर फर्कियो नेप्से, १८ अंकको वृद्धि

आज सोमबार १७.९९ अंकले बढेर ०.६९ % वृद्धिको साथ नेप्से  २६३४.५७ अंकमा बन्द भएको छ। कारोबार भएका २३१ कम्पनीमध्ये  १५६ कम्पनी उकालो लागेका छन्, ३१ कम्पनी ओरालो लागेका छन् र ५ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका तेह्र उप-समुहमध्ये ११ उप-समुहको सेयर मूल्य उकालो लागेको छ भने बाँकी २ उप-समुहको सेयर मूल्य मात्र ओरालो लागेका छन्।

बजार पूँजीकरण बढेर रु ३७ खर्ब ३५ अर्ब पुगेको छ ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: March 21, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः २७४) जसले बजारमा भोलाटाइलिटी घटेको  इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२६४२) भन्दा तल २६३४  मा आएर बन्द भएको छ।  आज बजारमा खरिदबिक्रीको लागि होडबाजी भएको देखिन्छ रअन्तिम घण्टामा खरिद चाप बढेको थियो ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन जिरो लाइन  भन्दा -३२  मा आएको  देखिन्छ। हिस्टोग्राम हिजोको ५ बाट बढेर ६ मा आएको छ। एमएसिडी लाइनले  तलतिर बाट माथि तिर सिग्नल लाइनलाइ क्रस गरेर माथि गएको छ  र सिग्नल लाइन जिरो लाइन भन्दा तल  -३९ मा आएको छ।  समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा सामान्य नाफा बुक भएर खरिद बढ्न लाएको बुझ्न सकिन्छ।  

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले भने आज +१४ डिएमआई लाइन तलतिर फर्किएको छ भने   -१४ डिएमआई लाइन माथि बाट बिस्तारै तल तिर नै फर्किएको  छ।  सिग्नल लाइन भने तलतिर बाट बिस्तारै माथि फर्किन लागेको देखिन्छ ।  -१४ डिएमआई लाईन माथितिर बाट तल  फर्किएको देखिन्छ  जसले बिक्री कम भएको बुझ्न सकिन्छ।  

४. क्यान्डलस्टिक

आज नेप्सेले ह्याम्मर जस्तै क्यान्डल  बनाएको छ जसले  बजारमा सामान्य खरिद बढ्दै गएको  जनाउँछ ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: March 21, 2022

क्युमुलेटिभ एडी लाइन  -३०७९ देखि बढेर -२९५४  मा आएको छ। नेप्सेको कुल भोल्युम ४५२५८९८ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(५२३५६००)  को ८६ प्रतिशत देखिएको छ।

नेप्से आज मिडल  ब्याण्ड २६४२ तल २६३४  मा  क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा  तल  -३२ आएको छ र  सिग्नल लाईन पनि जिरो लाइन तल -३९  मा देखिएको छ  भने हिस्टोग्राम ५  बाट बढेर ६ मा पुगेको छ जसले बजारमा सामान्य खरिद बढेको देखिन्छ।

-१४ डिएमआई लाइन तल फर्किएको छ भने +१४ डिएमआई लाईन पनि तल  लागेको छ  र एडिएक्स लाइन + १४डी आइ लाइनलाइ क्रस गरेर तलतिर फर्किएको थियो तर बिस्तारै माथि तिर फर्किन सक्ने देखिएको छ  जसले  ट्रेन्ड रिभर्स  हुनसक्ने जस्तो देखिएको छ। आज बजारमा खरिदकर्ता को  मोमेन्टम सामान्य बढेको सङ्केत गर्छ। आरएसआइ आज ४५.९ मा पुगेको छ आरएसआइको मोमेन्टम बढेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २६००  को एरिया रहेको देखिन्छ नेप्सेको नजिकको  अवरोध २६८० को एरिया रहेको देखिन्छ।

Comments

Back to top