नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) को लाभांश सुरक्षित गर्ने आज (चैत ६ गते) अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत ७ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। गत साताको क्लोजिंग अनुसार यसको शेयर मुल्य १२४१ रहेको छ भने लाभंसा पछिको शेयर मुल्य आजको क्लोजिंग मुल्य अनुसार समायोजन हुनेछ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले चैत २१ गते २१ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल भिस्वा, वीरगंजमा बिहान ९ गते शुरु हुनेछ।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१.४९ प्रतिशत कायम गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Comments

Back to top