प्रतिकित्ता ६ करोड पर्ने कम्पनी, जसले लगानीकर्तालाई दिँदैन लाभांश

— निराजन सापकोटा

बर्कशायर ह्याथवे ओमाहा नेब्रास्का अमेरिकामा रहेको अमेरिकी होल्डिङ कम्पनी हो जसले धेरै सहायक कम्पनीहरूको निरीक्षण र व्यवस्थापन गर्दछ। बर्कशायर ह्याथवेको मुख्य व्यवसाय बीमा , सम्पत्ति र दुर्घटना बीमा र पुनर्बीमा हो । बर्कशायरसँग क्यान्डी उत्पादन, खुद्रा, घरको सामान,  भ्याकुम क्लिनर, गहना बिक्री , पत्रिका प्रकाशन , जुत्ता उत्पादन, आयात र वितरणका साथसाथै इलेक्ट्रिक र ग्यास लगायतका विभिन्न प्रकारका व्यवसायहरू छन् ।

बर्कशायर ह्याथवे मूल रूपमा न्यू इङ्गल्याण्ड कपडा निर्माताहरूको समूहको रूपमा स्थापित भएको थियो । १९६० को दशकमा यसको सम्पत्ति र ब्यालेन्स शीटमा ठूलो मात्रामा नगद देखेपछी वारेन बफेटले शेयर किन्न थाले र १९७० मा यसको अध्यक्ष र सीईओ बन्नपुगे । बफेटको नेतृत्वमा कम्पनीले बीमा व्यवसायमा प्रवेश गर्यो र लगानी कम्पनी बन्यो । वारेन बफेट कम्पनीहरूको सम्पत्ति र व्यापार सम्भावनाको सावधानीपूर्वक मूल्याङ्कन गर्थे र लगानी तेस्तै कम्पनीमा गर्थे जसको स्टक मूल्य उनीहरूको सेयरको वास्तविक मूल्य भन्दा कम थियो ।

१९६० को प्रारम्भमा बर्कशायर ह्याथवेले ६० मिलियन अमेरेकी डलर बराबरको सामग्री बेचेको थियो । बर्कशायर ह्याथवेको सम्पत्ति  धेरै मात्रा भएको र आफुले लगानी गर्न चाहेकोले वारेन बफेटले बफेट पार्टनरसिप लिमिटेड स्थापना गरे र  सन् १९६२ मा बर्कशायरमा ७.६० डलर प्रति सेयरमा स्टक किन्न थाले। उनले अन्ततः १४.८६ डलर प्रति सेयर  र कुल १४  मिलियन डलर लगानी गरे र मे १० १९६५ मा कम्पनीको नियन्त्रण आफ्नो हातमा लिए । त्यबेला कम्पनीले २३०० कर्मचारीहरू सहित दुई मिलहरू सञ्चालन गरिरहेको थियो । सुरुमा बर्कशायरको कपडाको मुख्य व्यवसायलाई कायम राखियो । तर १९६७ बाट बीमा उद्योग र अन्य लगानीहरूमा विस्तार गर्दै गरियो ।  बर्कशायरले पहिलो पटक नेशनल इन्डेम्निटी कम्पनी खरिद गरेर बीमा व्यवसायमा प्रवेश गर्यो र नेशनल फायर एण्ड मरिन इन्स्योरेन्स कम्पनी पनी खरिद गरियो । आफ्नो कार्यकालको प्रारम्भिक समयमा बफेटले बर्कशायर  ह्याथवेबाट सार्वजनिक रूपमा उद्धृत स्टकहरूमा दीर्घकालीन लगानी गरे र  पछि बर्कशायरले सम्पूर्ण कम्पनीहरू अधिग्रहण गर्न थाल्यो । त्यसपछि बर्कशायरले १९७० को दशकमा सरकारी कर्मचारी बीमा कम्पनीमा एक इक्विटी हिस्सेदारी प्राप्त गर्यो  ।

धेरै व्यवसायीहरु जस्तै  बफेटले सेयरधारकहरूलाई सीधै भुक्तान गर्नु भन्दा व्यापारमा पुनः लगानी गर्दा धेरै दीर्घकालीन मूल्य प्रदान हुन्छ भन्ने बिचार राख्दछन् ।  कम्पनीको वित्तीय सफलताले सेयरधारकहरूलाई उच्च स्टक मूल्य प्रदान गर्दछ । व्यवसायको सबै नाफा कुशलतापूर्वक कम्पनीमा पुन: लगानी गर्न सकिन्छ वा अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ भन्ने वारेन बफेटको बिचारले बर्कशायर ह्याथवेले आफ्ना सेयरधनीहरुलाइ लाभांश वितरण गरेको छैन ।

डिसेम्बर १३  २००७ मा बर्कशायर ह्याथवेको शेयर १५०,०००  अमेरिकी डलर मा कारोबार भएको थियो, जुन न्यूयोर्क स्टक एक्सचेन्जमको सबैभन्दा महँङगो मूल्यको सेयर थियो । यसले आफ्नो सेयरहरू कहिल्यै विभाजीत(stock split) गरेको छैन । बर्कशायर /ह्याथवेको बजार पूँजिकरण नोभेम्बर २०२१ मा ६३४ बिलियन डलर रहेको थियो। पिइ रेसियो ७.६४ रहेको थियो । आजको मितिमा यसको सेयर मुल्य नेपाली ६ करोड भन्दा धेरै हुन आउँछ ।

Comments

Back to top