बेष्ट फाइनान्सको साधारण सभा आज हुँदै, कस्ता छन् एजेण्डा ?

बेष्ट फाइनान्सले आज चैत्र ४ गते साधारणसभा गर्दैछ । कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने भएको हो ।

यस बेष्ट फाइनान्स कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक वित्तीय विवरण २०७७ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने,यस बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्यांकन गर्नको लागि मान्यता प्राप्त मुल्यांकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

Comments

Back to top