सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा
सिटिजन्स बैंक इन्टरनेशनलले ७ हजार ७९ दशमलव २८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनी शारदा देवि प्रधानको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको जनाउको छ ।
सेयरको मूल्य प्रतिकित्ता १४३ रुपैयाँमा बिक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त सेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न आग्रह गरेको छ ।
उक्त समय अवधिमा सेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गर्ने बैंकले जनाएको छ ।
Comments