मेरो माइक्रोफाइनान्स लघुवित्तले ८.८९ प्रतिशत लाभांश दिने

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट कुल ८.८९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

लघुवित्त संस्थाको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रस्तावित लाभांश पारित गर्न लघुवित्तले साधारण सभा समेत डाकेको छ ।

साधारण सभाले लेखापरीक्षक सहितको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नुका साथै सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

त्यस्तै विशेष प्रस्तावमा चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद रकम गरी कुल ८.८९ प्रतिशत लाभांश पारित हुनेछ ।

हाल संस्थापक शेयरधनीको स्वामित्व ५९.४० प्रतिशत र सर्वसाधारण शेयरधनीको ४०.६० प्रतिशत रहेकामा स्वामित्व परिवर्तन गरी संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत पुर्याउने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएको छ।

यी सबै कार्यका लागि लघुवित्तले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ पुस १८ गतेसम्म  नेप्सेमा कायम शेयधरनीले  मात्रै प्रस्तावित लाभांश पाउन र सभामा सहभागी बन्न पाउनेछन् । साधारण सभा, माघ ४ गते सिद्धार्थ होटल वाटर टावर विदुर, नुवाकोटमा बिहान साढे ११ बजेदेखि बस्नेछ ।

एजेन्सी

Comments

Back to top