नेप्सेमा १३.५३ अंकको गिरावट, ४ अर्ब ५१ करोडको सेयर कारोबार!

आइतबार नेप्से परिसूचक १३.५३ अंकले घटेर २,५८३.२९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१९ कम्पनीको कुल ९१ लाख ८० हजार ७१८ कित्ता सेयरको करिब ४ अर्ब ५१ करोड ८३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८४ कम्पनीको सेयर मूल्य बढेको छ, १५४ कम्पनीको मूल्यमा गिरावट छ भने ६ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, ङादी हाइड्रोपावर लिमिटेड र बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा सप्तकोशी डेभलपमेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.४०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा रिभर फल्स पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ३ लाख बराबरको सेयर कारोबार भएको छ।

Comments

Back to top