नेप्सेमा २८.९१ अंकको वृद्धि, ४ अर्ब ४३ करोडको सेयर कारोबार!

सोमबार नेप्से परिसूचक २८.९१ अंकले बढेर २,६१२.२० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२८ कम्पनीको कुल ८९ लाख ८ हजार ८५१ कित्ता सेयरको करिब ४ अर्ब ४३ करोड बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १९४ कम्पनीको सेयर मूल्य बढेको छ, ४२ कम्पनीको मूल्यमा गिरावट छ भने ८ कम्पनीको मूल्य स्थिर रहको छ।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ८४ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैधन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार भयो।

Comments

Back to top