पृथ्वीको अवलोकन गर्ने शक्तिशाली उपग्रह प्रक्षेपण गर्ने अमेरिका र भारतको तयारी

अमेरिकी अन्तरिक्ष निकाय नासा र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सन् २०२५ को मार्चमा शक्तिशाली पृथ्वीको अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने तयारी गरेका छन् । नासा–इसरो सिंथेटिक अपर्चर रडार (निसार) भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ ।

यसले ग्रहको पारिस्थितिक प्रणाली, भूमि र समुद्री बरफ र पृथ्वीमा परिवर्तनहरू मापन गर्न हरेक १२ दिनमा दुई पटक पृथ्वीको झन्डै सबै जमिन र बरफको सतहहरू स्क्यान गर्न सक्ने नासालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

निसारको अवलोकनले विश्वभरका अन्वेषकहरूलाई पृथ्वीको सतहमा रहेका आइसफिट, हिमनदी र समुन्द्री बरफलगायतका परिवर्तनहरू राम्ररी बुझ्न मद्दत गर्नेछ । यसले पृथ्वीको वन र सिमसार पारिस्थितिक प्रणालीमा भएका परिवर्तनहरू साथै भूकम्प, पहिरो र ज्वालामुखी गतिविधिलाई पनि बुझ्न सहयोग पुर्‍याउनेछ । 

एजेन्सी

Comments

Back to top