नेप्से ५२.९७ अंकले बढ्यो, २०१ कम्पनीको सेयर मूल्यमा वृद्धि !

आइतबार नेप्से परिसूचक ५२.९७ अंकले बढेर २,२५७.५९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३०९ कम्पनीको कुल २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयरको करिब ७ अर्ब ६२ करोड ४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य बढेको छ, ३६ कम्पनीको मूल्यमा गिरावट छ भने ५ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा बढी ३.७४ प्रतिशत बढेको छ।

 प्रमुख कारोबार

यस दिन टप गेनरमा रिडी पावर लिमिटेड र मान्डु हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा बलेफी हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.१२% ले घटेको छ। कारोबार रकमका आधारमा जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड २७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमइ बैँक लिमिटेडको प्रोमोटर सेयरको कारोबार भयो।

Comments

Back to top