प्रि ओपन सेसनमा नेप्से परिसूचक ३४.७९ अंकले बढ्यो !

आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३४.७९ अंकले बढेको छ। 

बिहिबार २९.२१ अंकले बढेर २,२०४.६१ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,२३९.४१ मा खुलेको हो। कुल १८०,०५१ कित्ता सेयरको खरिदबिक्री करिब ६ करोड ८२ लाख ७३ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका १९२ कम्पनीमध्ये १८० को मूल्य बढ्यो भने ४ कम्पनीको मूल्य घटेको छ । १ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल ८९४ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top