अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा आज बस्दै

आज असार २६ गते बुधबार अपर हेवाखोला हाइड्रोपावरको वार्षिक साधारण सभा बस्दैछ ।  यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साथै, सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने १ जना सञ्चालको निर्वाचन हुनेछ । त्यस्तै, सञ्चालक समितिबाट नियुक्ति गरिएको स्वतन्त्र सञ्चालकलाई अनुमोदन गर्ने एजेन्डा छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते नै बुक क्लोज गरिसकेको छ । बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

यसअघि चैत १६ मा स्थगित भएको साधारण सभा आज बस्न लागेको हो ।साधारण सभा तारकेश्वर पार्टी प्यालेस गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top