आशा लघुवित्त वित्तीय संस्थाको शेयर सर्वसाधारणलाई बिक्रीमा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको दुई लाख ३८ हजार ७५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम २९९ रुपैयाँमै सो संस्थापक शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले संस्थापक शेयरधनीहरू नेपाल इन्भेष्टमेन्ट प्रा.लि. को दुई लाख २३ हजार १७२ कित्ता, प्रभु ग्रूप प्रा.लि. को ११ हजार ४२९ कित्ता र तारा कुमारी भट्टचनको चार हजार १५७ कित्ता गरी कूल दुई लाख ३८ हजार ७५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जनाएको छ ।

यो शेयर संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा कम्पनीले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

एजेन्सी

Comments

Back to top