लक्ष्मी सनराइज बैंकको झण्डै ८३ लाख कित्ता शेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजात संलग्न गरी खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको हात्तिसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट उक्त शेयर खरीद गर्न कुनै लिखित निवेदन पेश हुन नआएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

एजेन्सी

Comments

Back to top