आइतबार नेप्सेमा २१.२७ अंकको वृद्धि, ६ अर्ब २९ लाखको सेयर कारोबार!

आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २,१४०.९७ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२५ कम्पनीको कुल १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयरको करिब ६ अर्ब २९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १५० कम्पनीको सेयर मूल्य बढेको छ, ८२ कम्पनीको मूल्यमा गिरावट छ भने १५ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। 

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.२५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ७१ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैँक लिमिटेडको कारोबार भयो।

Comments

Back to top