प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५६ अंकले घट्यो !
बिहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५६ अंकले घटेको छ।
बुधबार ११.६० अंकले घटेर २,०६०.१६ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,०५९.६० मा खुलेको हो। कुल १४,६०४ कित्ता सेयरको खरिदबिक्री करिब ४ करोड ६७ लाख १८ हजारमा कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ४५ कम्पनीमध्ये १९ को मूल्य बढ्यो भने २४ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।
यस अवधीमा कुल १०९ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments