नेप्सेमा ३.२१ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ७ करोड!

सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २,०६६.१६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२२ कम्पनीको कुल १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयरको करिब ५ अर्ब ७ करोड ७२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४२ कम्पनीको सेयर मूल्य बढेको छ, ९४ कम्पनीको मूल्यमा गिरावट छ भने ११ कम्पनी स्थिर रहेका छन्।

यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.०१% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा मेरो फाइनान्स वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ३२ लाख बराबरको सेयर कारोबार भएको छ।

Comments

Back to top