नेप्से इन्ट्राडे अपडेट: ६.०३ अंकको वृद्धि!
सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ६.०३ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ६.०३ अङ्कले बढेर २,०६८.९८ मा आएको हो। ३०४ कम्पनीको ४,५४०,१६७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब २५ करोड १४ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा नेपाल फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.३६% ले घटेको छ।
Comments