नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा)को संस्थापक शेयर बिक्रीमा

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्सटक्चर बैंक लिमिटेड (निफ्रा) को १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले प्रतिकित्ता न्यूनतम १०१ रुपैयाँमै संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघ तथा संस्थाहरूले किन्न पाउनेछन्।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त संस्थापक शेयर खरीद गर्न चाहनेले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन, विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनु पर्नेछ । आवेदन असार १० देखि १७ गतेभित्र कार्यालय समयसम्म मात्र दिन सकिनेछ ।

एजेन्सी

Comments

Back to top