नेप्से इन्ट्राडे अपडेट: ४.२२ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ४.२२ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ४.२२ अङ्कले घटेर २,११७.३९ मा आएको हो। २९७ कम्पनीको ५,६४८,७१३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ७० करोड ८५ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा सप्तकोशी डेभलपमेन्ट बैँक लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top