हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा

हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर बैंकका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै, शेयरको मूल्य बिक्रेताअनुसार फरक भएकोले सोको जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।

एजेन्सी

Comments

Back to top