पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार पश्चिमी मुलुकहरूले युक्रेनलाई रुसमाथि आक्रमण गर्न आफ्नो हतियार प्रयोग गर्न अनुमति दिए ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् । 

युक्रेनलाई रुसभित्र निशानाहरूमा आक्रमण गर्न अनुमति दिने माग गर्ने नाटो सदस्य मुलुकहरूको आह्वानको जवाफमा उज्बेकिस्तानमा पुटिनको उक्त टिप्पणी आएको हो । 

“यो लगातार वृद्धिले गम्भीर परिणाम निम्त्याउन सक्छ”, उनले भने, “युरोपमा विशेषगरी साना मुलुकहरूमा उनीहरूले के खेलिरहेका छन् भन्नेबारेमा सचेत हुनुपर्छ ।”

उनले युरोपेली मुलुकहरूका ‘साना क्षेत्र’ र ‘बाक्लो जनसङ्ख्या’ लाई नेताहरूले ध्यानमा राख्नुपर्ने बताए।

“र यो कारक, जुन उनीहरूले रुसी भू–भागमा गहिरो प्रहार गर्ने कुरा गर्नुअघि दिमागमा राख्नुपर्दछ, यो गम्भीर कुरा हो ।”

युक्रेनले आक्रमण गरे पनि यसको जिम्मेबारी हतियारको पश्चिमी आपूर्तिकर्ताको हुने उनले बताए । “उनीहरू विश्वव्यापी द्वन्द्व चाहन्छन्”, उनले भने । 

पश्चिमी सैन्य प्रशिक्षकहरू पहिलादेखि नै युक्रेनमा भाडाका सैनिकका रूपमा गोप्यरूपमा काम गरिरहेका र फ्रान्स जस्तो मुलुकहरूले उनीहरूलाई आधिकारिकरूपमा पठाउँदा अर्को ‘वृद्धि’ हुने आफूले विश्वास गरेको उनले बताए । “यो युरोपमा गम्भीर द्वन्द्वतर्फ, विश्वव्यापी द्वन्द्वको दिशामा अर्को कदम हो”, उनले भने । 

युक्रेनका शीर्ष कमान्डरले मुलुकमा सैन्य प्रशिक्षक पठाउने विषयमा फ्रान्ससँग कुराकानी भइरहेको सोमबार घोषणा गरेका थिए । 

एजेन्सी

Comments

Back to top