पपुपा न्यूगिनिमा सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पपुवा न्यूगिनीमा पहिरोमा परी ज्यान गुमाउने सङ्ख्या करिब छ सय सत्तरी जनाको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले पपुवा न्यूगिनीमा भएको घातक पहिरोबाट ज्यान गुमाएको र क्षति भएकोमा दुःख व्यक्त गरे । उनले यस दुखद् घडीमा भारत सबै सम्भव सहयोग गर्न तयार रहेको कुरामा जोड दिए ।

पपुवा न्यू गिनीमा विनाशकारी पहिरोबाट भएको मानवीय र अन्य क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ । हामी पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ र घाइतेको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछौँ । भारत सबै सम्भव सहयोग प्रदान गर्न तयार छ, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत भने।

गत हप्ता शुक्रबार उत्तरी पपुवा न्यूगिनीको पहाडी क्षेत्र एन्गामा विनासकारी पहिरो गएको हो ।

एजेन्सी

Comments

Back to top