पेट्रोलियम पदार्थमा हरित कर : आलु, प्याज र स्याउको भ्याट हट्यो

सरकारले भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी छुट्टै नयाँ भन्सार महसुल विधेयक पेश गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा मंगलबार आर्थिक विधेयकसँगै भन्सार विधेयक पनि पेस गरेका हुन् । भन्सार विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धताअनुसार पेट्रोलियम पदार्थ र कोइलाको आयातमा हरित कर लगाइने जानकारी दिए । सरकारले पहिलो पटक हरित कर लगाउने तयारी गरेको हो । यसबाट पेट्रोलियम पदार्थ र कोइलाको भाउ बढ्नेछ ।

यस्तै सरकारले सुर्ती–चुरोट र जाँड–रक्सीमा अन्तःशुल्क बढाएको छ । यस्तै सरकारले आलु, प्याज र स्याउलगायतका कृषिजन्य वस्तुमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । सरकारले चालू आर्थिक वर्ष आलु, प्याज र स्याउलगायतका कृषिजन्य वस्तुमा भ्याट लगाउँदा मूल्य बढेको थियो ।

यस्तै सरकारले औषधि, इन्डक्शन अर्थात् विद्युतीय चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनेटरी प्याड, काजु, बदाम र स्प्रिङ पत्ता बनाउने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको भन्सार महसुल र अन्तःशुल्क घटाएको छ ।

एजेन्सी

Comments

Back to top