दूरसञ्चार घोटालाका ४९ हजार संदिग्ध म्यान्मारद्वारा चीनलाई हस्तान्तरण
सन् २०२३ जुलाई देखि हालसम्म म्यान्मारले दूरसञ्चार र इन्टरनेट घोटालाका ४९ हजार भन्दा बढी आपराधिक संदिग्धहरूलाई चिनियाँ हिरासतमा हस्तान्तरण गरेको सार्वजनिक सुरक्षा मन्त्रालय (एमपीएस)ले जनाएको छ ।
घोटालमा आबद्ध कुख्यात आपराधिक समूह तथा धेरै प्रमुख आपराधिक संदिग्धहरूलाई पक्राउ गरी हस्तान्तरण गरिएको मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको सिन्ह्वाले जनाएको छ ।
सन् २०२३ को सुरुदेखि उत्तरी म्यान्मारमा चिनियाँ नागरिकहरू संलग्न दूरसञ्चार र इन्टरनेट घोटालाका घटनाहरूको सङ्ख्या उच्च रहेको थियो । परिणामस्वरूप अवैध सीमा पार र हिरासतजस्ता आपराधिक कार्यहरू भएका थिए ।
एमपीएसले यस्तो परिस्थितिलाई प्राथमिकता दिई अपराधविरूद्ध उच्च दबाबसहितको कारबाहीको गरेको थियो ।
पछिल्लो पाँच वर्षमा सार्वजनिक सुरक्षा निकायहरूले देशभर १० लाख ९४ हजारभन्दा बढी दूरसञ्चार र इन्टरनेट घोटालाका मुद्दाहरू सुल्झाएका छन् ।
एजेन्सी
Comments