सेनाको जासुसी गर्ने भूउपग्रह लन्च गर्दै उत्तर कोरिया

उत्तर कोरियाले सेनाको जासुसी गर्ने भूउपग्रह लन्च गर्न लागेको छ । छिटोमा आगामी हप्ता सो भूउपग्रह लन्च गरिने जानकारी उसले जापानलाई दिएको छ ।

यो उत्तर कोरियाको दोस्रो सैन्य जासुस भूउपग्रह हुनेछ। दक्षिण कोरिया, जापान र चीनका नेताहरू सोलमा पहिलो त्रिपक्षीय बैठकका लागि भेट्दै गर्दा सो जानकारी आएको हो । उत्तर कोरियाले सेटलाइट रकेटको लन्चबारे जापानको तटीय सुरक्षा (कोष्ट गार्ड)लाई जानकारी दिएको छ ।

जापानको कोष्ट गार्डले समुद्री सुरक्षा जानकारी पूर्वी एसियामा समन्वय र प्रसार गर्ने भएकोले उत्तर कोरियाले जापानलाई प्रक्षेपणबारे जानकारी दिएको हो। अन्तरिक्षबाट निगरानी सञ्चालन बनाउन गएको नोभेम्बरमा उत्तर कोरियाले आफ्नो पहिलो सैन्य जासुस भूउपग्रह प्रक्षेपण गरेको थियो ।

सो भूउपग्रह प्रक्षेपणपछि कोरियाली प्रायद्विपमा तनाव बढेको थियो । संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई कुनै पनि प्रकारका भूउपग्रह प्रक्षेपणमा बन्देज लगाएको छ ।

एजेन्सी

Comments

Back to top