सन्दीपले भने- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु

नेपालले टी-२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।

पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन् । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरे।

उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’

एजेन्सी

Comments

Back to top