ताइवानका राष्ट्रपतिद्वारा चीनसँग समझदारी र सहकार्यको प्रस्ताव
चीनले आफ्नो भूमिमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको दुई दिनपछि ताइवानले चीनसँग समझदारीको खाँचो रहेको बताएको छ । ताइवानका राष्ट्रपति लाई चिंग तेले चीनप्रति सद्भावना व्यक्त गर्दै चीनसँग सहकार्यको प्रस्ताव गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
ताइवानका राष्ट्रपति लाई ले आपसी समझदारी र मेलमिलाप बढाउन आफू तत्पर रहेको बताएको खबरमा उल्लेख छ । चीनसँग सहयोगको आदानप्रदानका माध्यमबाट आपसी समझदारी र मेलमिलाप बढाउन, आपसी लाभ सिर्जना गर्न र शान्ति र साझा समृद्धिमा जानको लागि ताइवान तयार रहेको उनको भनाई छ ।
चीनले ताइवानलाई आफ्नै भूमि दाबी गर्दै गएको बिहीवार शुक्रवार सैन्य अभ्यास गरेको थियो । राष्ट्रपतिको सपथ लिए लगत्तै ताइवानका राष्ट्रपतिले आफ्नो देशको सार्वभौमसत्तामाथि प्रश्न नउठाउन चेतावनी दिएपछि चीनले दुई दिनसम्म जल, स्थल र वायु सेनाद्वारा ताइवानलाई घेर्दै सैन्य अभ्यास गरेको थियो । उनले चिनियाँ अभ्यासप्रति चिन्ता व्यक्त गरेकोमा संयुक्त राज्य अमेरिका र अन्य देशलाई धन्यवाद पनि दिएका छन् ।
एजेन्सी
Comments