आजदेखि कांग्रेस सहकारी ठगीविरुद्ध सडकमा, उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजदेखि सडक आन्दोलन थाल्दैछ । लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन थाल्न लागेको हो । 

आज पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागिएको हो । कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग राखेर उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।

कांग्रेसको गत बुधबार बसेको केन्द्रीय कार्यसमिति तथा संसदीय दलको संयुक्त बैठकले आजदेखि सडक आन्दोलन गर्ने निर्णय गरेको थियो । 

सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध कांग्रेस सडकमा आउन लागेको हो ।

कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर आन्दोलन सुरु गरेको नेता नैनसिंह महरले जानकारी दिए । विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ ।

एजेन्सी

Comments

Back to top